काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७०४ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार १७४ र ४ हजार ८०६ जनामा गरेको एन्टिजेन परीक्षणमा ८४२ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ६ लाख ३२ हजार ३२६ पुगेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ भने ४ हजार ९१४ जना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४,२२४ रहेको छ । जसमध्ये ३९ ,१९९ जना होम आइसोलेसनमा र २,८२५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
संक्रमितमध्ये ७३४ जना आईसीयूमा र २२२ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।