भासियो टीकापुर र राजापुर जोड्ने सत्ती पुल

भासियो टीकापुर र राजापुर जोड्ने सत्ती पुल

२०७८, आषाढ १२ शनिवार

  • 1.9K
    SHARES

  • भासियो टीकापुर र राजापुर जोड्ने सत्ती पुल

    भजनी । कर्णाली नदीको बहावले कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने  कर्णाली नदीको सत्ती पुल भासिएको छ ।

    हुलाकी राजमार्ग अन्तर्गतको सो पुलको  राजापुर क्षेत्र  भासिएको सत्ती प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिएका छन् । उनले भासिएका स्थानमा मरमत प्रयास भइरहेको बताए ।  

    कटान हुनथालेपछि अहिले पुलमा आवागमन बन्द गरिएको छ । नदी कटान रोक्नका लागि प्रयास भैरहेको स्थानीय भीम बिकले जानकारी दिए ।  

    पुल निर्माण भएसँगै राजापुक्षेत्रका भागमा नदीले हरेक वर्षे कटान गर्दै आएको भएपनि यसको दीर्घकालीन उपाय अबलम्बन गरिएको थिएन । पुल निर्माण भएसँगै ती दुई जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो ।

    २०७८, आषाढ १२ शनिवार०६:०६:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार