काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो ।
यसमध्ये काठमाडौं उपत्यकामा ४२४ जना रहेका छन् । जसमा काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ ।
त्यस्तै संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।
आज थप ३४ जनाको मृत्यु भए सँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ९ हजार नाघेको छ ।