देशैभरका नदीमा पानीको वहाव वढ्यो, मस्र्याङ्दीले सतर्कता तह पार

देशैभरका नदीमा पानीको वहाव वढ्यो, मस्र्याङ्दीले सतर्कता तह पार

२०७८, आषाढ १७ बिहिवार

  • 1.0K
    SHARES

  • देशैभरका नदीमा पानीको वहाव वढ्यो, मस्र्याङ्दीले सतर्कता तह पार

    दमौली । अविरल वर्षाका कारण तनहुँको बन्दीपुरस्थित विमलनगरमा मस्र्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको छ । मङ्गलबारदेखि परेको वर्षाका कारण आज मस्र्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको हो । 

    पछिल्लो छ घण्टा भारी वर्षा भएकाले नदी तटीय क्षेत्र तथा होचा स्थानमा डुबान हुनसक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । लमजुङको घरेढुङ्गा, राइनसटारलगायतका ठाउँमा पनि नदीले जलसतह सतर्कता पार गरेको छ । 

    बाढीले छाब्दीखोला पुल बगायो

    अविरल वर्षासँगै आएको बाढीले व्यास–१ र १३ जोड्ने छाब्दीखोलाको पुल बगाएको छ । बुद्धसिं मार्गअन्तरगत बेलबासनजिक रहेको पुल आज बिहान बाढीले बगाएको हो । 

    मङ्गलबारदेखि जिल्लामा निरन्तर वर्षा भइरहेको छ । पुल बगाएसँगै स्थानीयवासीलाई वारपार गर्न समस्या भएको स्थानीयवासी अमर भण्डारीले जानकारी दिए ।  

    छिर्कनेमा घर पुरियो

    अविरल वर्षासँगै आएको पहिरोले आज बिहान व्यास नगरपालिका–१२ छिर्कनेमा एक घर पुरिएको छ । बिहान ३ बजे आएको पहिरोले घर पुरिएको हो । 

    घर पुरिए पनि मानवीय क्षति भने नभएको स्थानीयवासीले बताएका छन् । घरमा रहेका पाँच जनाले भागेर ज्यान जोगाएका छन् । 

    त्यसै गरि कमला, मेलम्ची लगाएतका नदीहरुमा पनि पानीको तह बढ्दो क्रममा रहेको छ । 

    २०७८, आषाढ १७ बिहिवार१०:४४:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार