कोरोना अपडेट : थप १,६०३ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्र ४६१ जना संक्रमित

कोरोना अपडेट : थप १,६०३ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्र ४६१ जना संक्रमित

२०७८, आषाढ २० आइतवार

  • 921
    SHARES

  • कोरोना अपडेट : थप १,६०३ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्र ४६१ जना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८७६ जनाको पीसीआर परीक्षणमा १ हजार ४२ र ३ हजार २५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको हो ।

    संक्रमितमध्ये ४६१ जना काठमाडौं उपत्यकाका रहेका छन् । जसमा काठमाडौंमा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना संक्रमित भेटिएका छन् ।

    पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २ हजार ५५२ रहेको छ भने २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    २०७८, आषाढ २० आइतवार०४:४८:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार