कोरोना अपडेट : थप २,६२२ जना संक्रमित, २३ को मृत्यु

कोरोना अपडेट : थप २,६२२ जना संक्रमित, २३ को मृत्यु

२०७८, आषाढ २१ सोमवार

  • 933
    SHARES

  • कोरोना अपडेट : थप २,६२२ जना संक्रमित, २३ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी २ हजार ६२२ जनामा कोरोना संक्रमण भएको हो ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ भने २ हजार २११ जना निको भएका छन् ।

    नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४६ हजार ३६७ पुगेको छ । जसमध्ये ६ लाख ११ हजार ४२९ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार २४८ जनाको मृत्यु भएको मन्त्रालय जनाएको छ ।

     

    २०७८, आषाढ २१ सोमवार०५:४२:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार