काठमाडौं । पछिल्लो २४ घण्टामा थप २,६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५०३ जनाको पीसीआर परीक्षणमा १ हजार ७१८ र ५ हजार ८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १ हजार ६६५ रहेको छ भने १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।