काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,३७४ पीसीआर परीक्षणमा १ हजार २१८ जना र ५ हजार १३० एन्टिजेन परीक्षणमा ६५७ गरी १,८७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ भने १ हजार २८६ जना निको भएका मन्त्रालयले जनाएको छ ।