काठमाडौँ महानगरपालिकाको बजेट पारितः ५० प्रतिशत बीमा शुल्क बेहोरिने

काठमाडौँ महानगरपालिकाको बजेट पारितः ५० प्रतिशत बीमा शुल्क बेहोरिने

२०७८, आषाढ २६ शनिवार

  • 961
    SHARES

  • काठमाडौँ महानगरपालिकाको बजेट पारितः ५० प्रतिशत बीमा शुल्क बेहोरिने

    काठमाडौं । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७८-०७९ का लागि प्रस्तावित बजेट सर्वसम्मतिले पारित भएको छ ।

    कामपाका प्रमुख विद्यासुन्दर शाक्यका अध्यक्षतामा शुक्रवार बसेको नगरसभाको नवौँ अधिवेशनको छैटौँ बैठकले केही संशोधनसहित सर्वसम्मतिबाट बजेट पारित गरेको हो ।   

    यही असार १० गते बसेको नगरसभाको नवौँ अधिवेशनको चौथो बैठकमा कामपा प्रमुख शाक्यले आर्थिक विधेयक, २०७८’ र  सोही बैठकमा उपप्रमुख हरिप्रभा खड्गीले आव २०७८/७९ का लागि बजेट प्रस्ताव गरेकी थिइन् ।

    कामपाले आगामी आवका लागि रू १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट प्रस्ताव गरेको थियो । आगामी आर्थिक वर्षमा महानगरवासीका लागि नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा ५० प्रतिशत बीमा शुल्क बेहोर्ने बजेटमा जनाइएको छ ।   

    यसैगरी ज्येष्ठ नागरिक विशिष्टीकृत सेवासहितको महानगर विशेष अस्पताल सञ्चालन गर्न पनि बजेट विनियोजन गरिएको छ ।
    त्यसैगरी कामपाले आर्थिक विधेयक, २०७८ मा कोभिड—१९ को प्रभावलाई ध्यानमा राखी करदाताबाट असूल हुन बाँकी रहेको आव २०७६-०७७ देखिको सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा छुट गर्ने भएको छ ।

    सम्पत्ति करमा ९० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । कामपाका  होटल, रेष्टुरेन्ट, पसल जस्ता व्यवसायले आफ्नो प्रयोजनका लागि बनाएका शौचालयमा सर्वसाधारणका लागि समेत निःशुल्क सेवा उपलब्ध गराएमा व्यवसाय करमा ५० प्रतिशत छुट दिने पनि घोषणा गरिएको छ ।

    कामपाको यही असार ६ गते नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । चालु आवका लागि भने कामपाले रु १५ अर्ब ५० करोडको बजेट ल्याएको थियो ।

     

    २०७८, आषाढ २६ शनिवार०७:०३:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार