एमाले कार्यदल सहमतिको खाका आज सार्वजनिक गरिँदै

एमाले कार्यदल सहमतिको खाका आज सार्वजनिक गरिँदै

२०७८, आषाढ २६ शनिवार

  • 889
    SHARES

  • एमाले कार्यदल सहमतिको खाका आज सार्वजनिक गरिँदै

    काठमाडौं । नेकपा (एमाले) मा विवाद समाधानका लागि गठित कार्यदलले विवादित विषयमा सहमतिको अन्तिम मस्यौदा तयार गरेको छ ।

    कार्यदलले तयार गरेको सहमतिको खाकालाई भाषिक परिमार्जन गरेर शनिबार सार्वजनिक गरिने एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । कार्यदलका सदस्य ज्ञवालीले शुक्रवारको छलफल निकै सौहार्द र सघनरुपमा भएको बताउँदै उक्त खाकाका विषयवस्तुबारे पनि थप खुलाएनन् । 

    एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटनएपछि एमालेमा विवाद बल्झिएको थियो ।

    प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसदले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् भने नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् । 

     

     

    २०७८, आषाढ २६ शनिवार०७:२८:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार