‘एमाले बहिर्गमनको कारण दलकै नेता’ - मुख्यमन्त्री पौडेल

‘एमाले बहिर्गमनको कारण दलकै नेता’ - मुख्यमन्त्री पौडेल

२०७८, आषाढ ३१ बिहिवार

  • 989
    SHARES

  • ‘एमाले बहिर्गमनको कारण दलकै नेता’ - मुख्यमन्त्री पौडेल

    वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमालेको सत्ता बहिर्गमनको कारण दलकै नेताहरु भएको विचार व्यक्त गरेका छन् ।

    हेटौँडा–१४ मयूरधापमा पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री पौडेलले समृद्ध नेपाल सुखी नेपाली निर्माणको महाभियानमा लागिरहेको इतिहासकै सफल केपी शर्मा ओली नेतृत्वको सरकारलाई सत्ताबाट बाहिर बनाउन सफलता हात पारेकाहरुको खुशी एक महिनामै दुःखमा परिणत हुने जिकिर गरे ।  

    कार्यक्रममा एमाले वाग्मती प्रदेश सङ्गठन विभाग प्रमुख अनन्त पौडेलले देशमा एकाएक कानूनी राजको अन्त्य भएको विचार व्यक्त गरे । वाग्मती प्रदेशसभा सदस्य जेनेली श्रेष्ठले नेपाली जनताले एमालेलाई विकासको संवाहकका रुपमा बुझिसकेका छन् भने ।

    कार्यक्रममा विभिन्न दल परित्याग गरी ५० जनाभन्दा बढी एमाले प्रवेश गरेका थिए । उनीहरुलाई मुख्यमन्त्री पौडेललगायत नेताले माला लगाएर स्वागत गरेका थिए । 

    २०७८, आषाढ ३१ बिहिवार११:४६:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार