सुनको मूल्य प्रतितोला ९२ हजार ५००

सुनको मूल्य प्रतितोला ९२ हजार ५००

२०७८, मंसिर २६ आइतवार

  • 777
    SHARES

  • सुनको मूल्य प्रतितोला ९२ हजार ५००

    काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ ।

    अघिल्लो दिन प्रतितोला रु ९२ हजार २००मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ३०० ले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९१ हजार ७०० तोकिएको थियो ।
     
    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार १९० तोकिएको महासङ्घले जनाएको छ ।

    अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८३ डलर आसपास कारोबार भइरहेको छ । 

    २०७८, मंसिर २६ आइतवार१२:०८:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार