ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड पुग्यो

ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड पुग्यो

२०७८, मंसिर २८ मंगलवार

  • 997
    SHARES

  • ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड पुग्यो

    काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको चुक्ता पूँजी रु २३ अर्ब ७९ करोड पुगेको छ ।

    बैंकको सोमवार सम्पन्न १५ औँ वार्षिक साधारणसभामा प्रस्तुत भएको विवरणअनुसार आव २०७७-७८ को कूल मुनाफाबाट बैंकले आफ्ना शेयरधनीलाई प्रस्ताव गरेको १३.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पूँजीमा वृद्धि भएको हो ।

    बैंकले आव  २०७७-७८ मा सञ्चालन मुनाफा रु सात अर्ब नौ करोड र कर पछिको मुनाफा रु चार अर्ब १६ करोड आर्जन गरेको थियो । प्रस्तावित लाभांश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजीमा वृद्धि भएको हो । 

    साधारणसभामा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक आफ्नो स्थापना कालदेखि नै सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिको परिपालनमा गर्दै आफ्ना शेयरधनीलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए । 

    बैंकले सदा झैँ आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप निक्षेप सङ्कलन, कर्जा लगानी तथा व्यवसाय विस्तारका सन्तुलित रुपमा बैंकको उपस्थिती वृद्धि गर्दै जाने उनले बताए ।

    कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल प्रविधिमार्फत सेवा प्रवाह गर्दै ग्राहकलाई थप प्रभावकारी सेवा पुर्याउन लागीपरेको पनि उनले जानकारी गराए ।

    बैंकले अझै सर्वसुलभ बैंकिङ सेवा प्रदान गर्ने तथा राष्ट्र बैंकले २०७९-८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्षको रुपमा मनाउने घोषणाअनुसार देशैभर डिजिटल भुक्तानीका लागि बैंकिङ साक्षरता कार्यक्रम आयोजना गर्दै जाने पनि जानकारी दिए । 

    बैंकको खुद मुनाफा आव २०७६-७७ को तुलनामा आव २०७७-७८ मा ४३.२० प्रतिशतले वृद्धि भई रु चार अर्ब १६ करोड पुगेको हो । हाल बैंकले रु दुई खर्ब ७४ अर्ब भन्दा बढी निक्षेप सङ्कलन गर्नुका साथै रु दुई खर्ब ७० अर्बभन्दा बढी कर्जा लगानी गरेको छ ।

    सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यका साथ बैंकले देशका ७६ जिल्लामा २८७ शाखा सञ्जाल तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित ८५० भन्दा बढी सेवा केन्द्रबाट २७ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

    २०७८, मंसिर २८ मंगलवार०८:३३:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार