अध्यक्ष पदमा शाहीको मात्र उम्मेदवारी

अध्यक्ष पदमा शाहीको मात्र उम्मेदवारी

२०७७, पौष १० शुक्रवार

  • 2.2K
    SHARES

  • अध्यक्ष पदमा शाहीको मात्र उम्मेदवारी

    पौष १०, वीरेन्द्रनगर ।

    नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशको अध्यक्ष पदमा सुर्खेतका  पदमबहादुर शाहीको मात्र उम्मेदवारी परेको  छ ।शनिबार हुने निर्वाचनको लागि उनको मात्र उम्मेदवारी परेको हो । निर्वाचन समितिका अनुसार मनोनयन पत्र दर्ता गर्ने अन्तिम समय बिहीबार ४ बजेसम्म शाहीको मात्र अध्यक्ष पदमा उम्मेदवारी परेको निर्वाचन अधिकृत विवश बस्नेतले जानकारी दिए ।

    सुर्खेत उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष समेत रहेका शाही प्रदेश समितिका हालका अध्यक्ष समेत हुन् । उनीसँगै एशोसियटतर्फको उपाध्यक्षमा प्रकाश उप्रेती (सुर्खेत), कोषाध्यक्षमा सुधन श्रेष्ठ (सल्यान) र एशोसियट तर्फको सदस्यमा सीताराम कार्की र झवीन्द्र खत्रीको मात्र उम्मेदवारी परेको छ ।  एकल उम्मेदवारी परेकाहरुको निर्वाचित भएको औपचारिक घोषणा भने शनिबारमात्र हुनेछ ।

    जिल्ला–नगरको उपाध्यक्षमा भानुभक्त बराल (कालीकोट) र रज्जब अली मनियार (जुम्ला) को उम्मेदवारी परेको छ । जिल्ला–नगरको ५ सदस्यको लागि नाङ्गेल लामा (हुम्ला), नवीन विक (सुर्खेत), कविराज कँडेल (सुर्खेत), भुवन ज्ञवाली (सुर्खेत), कर्ण खत्री (जरकोट) पहल खड्का (रुकुम पश्चिम) र कष्ण कोइराला (दैलेख)को उम्मेदवारी परेको छ । वीरेन्द्रनगरमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्षका उम्मेदवार शाहीले व्यवसायीको हकहितको लागि काम गर्ने प्रतिबद्धता जनाउका छन् । “हिजो पनि मैले नेतृत्व गर्दै आएको थिए, व्यवसायी साथीहरुले यसपालि पनि मलाई समर्थन गर्नुभएको छ”, उनले भने, “व्यावसायिक हकहितदेखि नीति निर्माणका काममा अग्रसर भएर लागेका छौँ ।”

    २०७७, पौष १० शुक्रवार०३:१४:५०
    प्रतिक्रिया
    सम्बन्धित समाचार