५ लाख ४० हजार आवेदकले पाए प्रभु लाइफको १० कित्ता

५ लाख ४० हजार आवेदकले पाए प्रभु लाइफको १० कित्ता

२०७७, पौष १० शुक्रवार

  • 1.7K
    SHARES

  • ५ लाख ४० हजार आवेदकले पाए प्रभु लाइफको १० कित्ता

    पौष १०, काठमाडौँ ।

    प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर शुक्रबार बाँडफाँट भएको छ।

    बाँडफाटमा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले पाएका छन्।

    कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले शुक्रबार गरेको बाँडफाँटमा ५ लाख ११ हजार २ सय १६ जना आवेदकको  हात भने  हात खाली  भएको छ ।

    कम्पनीको आइपिओमा १० लाख ५१ हजार २ सय १६ जनाले आवेदन दिएकामा २ हजार १ सय ६९ आवेदन रद्द भएका थिए। 

    कम्पनीले कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो। सो मध्ये सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई ३/३ लाख कित्ता छुट्याइएको थियो।

     

     

    २०७७, पौष १० शुक्रवार०५:२२:३१
    प्रतिक्रिया
    सम्बन्धित समाचार