कोरोना अपडेट : थप ६०८ जनामा कोरोना संक्रमण,काठमाडौं उपत्यकामा मात्र २७९ जना संक्रमित

कोरोना अपडेट : थप ६०८ जनामा कोरोना संक्रमण,काठमाडौं उपत्यकामा मात्र २७९ जना संक्रमित

२०७७, पौष १० शुक्रवार

  • 1.7K
    SHARES

  • कोरोना अपडेट : थप ६०८ जनामा कोरोना संक्रमण,काठमाडौं उपत्यकामा मात्र २७९ जना संक्रमित

    पौष १०, काठमाडौँ ।

    पछिल्लो २४ घण्टामा ६०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    शुक्रबार जम्मा ४ हजार १४२ जनामा पीसीआर परीक्षण गरिएकोमा ३७१ जना पुरुष र २३७ जनामा संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८९२ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४८ हजार २९२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार ९२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ भने हालसम्म मृतक संख्या १ हजार ८१६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौंमा २१२, ललितपुरमा ४७ र भक्तपुरमा २० जना संक्रमित भेटिएका छन् । 

     

    २०७७, पौष १० शुक्रवार०५:३९:००
    प्रतिक्रिया
    सम्बन्धित समाचार