दाहाललाई बिदाई गर्दै सानिमा बैंकको बागडोर पाण्डेले सम्हाल्दै

दाहाललाई बिदाई गर्दै सानिमा बैंकको बागडोर पाण्डेले सम्हाल्दै

२०७८, पौष ६ मंगलवार

  • 1.1K
    SHARES

  • दाहाललाई बिदाई गर्दै सानिमा बैंकको बागडोर पाण्डेले सम्हाल्दै

    काठमाडौँ । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । निवर्तमान कार्यकारी अधिकृत भुवनकुमार दाहालको कार्यकाल सकिएसँगै पाण्डेले सानिमा बैंकको बागडोर सम्हालेका हुन् ।

    भुवन दाहालको आगमनसँगै 'क' वर्गको बैंक मध्येमा सानिमा बैंकले फड्को नै मारेको जानकार बताउँछन् । 
     
    बैंकको सञ्चालक समितिले पाण्डेलाई आगामी माघ १२ देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

    बैंकिङ्ग क्षेत्रमा २६ वर्ष लामो अनुभव संगालेका पाण्डे यसअघि नविल बैंकमा १८ वर्ष काम गरिसकेका छन् । २०७० सालदेखि सानिमा बैंकमा कार्यरत पाण्डेले असोज २०७८ देखि बैंककै नायव प्रमुखकार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निभाउँदै आएका थिए । 

    फाइनान्समा एमबीए गरेका पाण्डेले कर्जाको विषयमा राम्रो विज्ञता राख्नुका साथै बैंकको प्रमुख जोखिम अधिकृत र प्रमुख कर्जा अधिकृतको जिम्मेवारी समेत निभाइसकेका छन् । 

    २०७८, पौष ६ मंगलवार०८:५६:३०
    प्रतिक्रिया
    सम्बन्धित समाचार