अस्पताललाई ५० श्यया बनाउन प्रदेश सरकारसमक्ष माग

अस्पताललाई ५० श्यया बनाउन प्रदेश सरकारसमक्ष माग

२०७८, पौष १७ शनिवार

  • 1.3K
    SHARES

  • अस्पताललाई ५० श्यया बनाउन प्रदेश सरकारसमक्ष माग

    वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा अवस्थित पोखरिया अस्पताललाई स्तरवृद्धि गरी ५० श्यया बनाउन प्रदेश सरकारसमक्ष माग गरिएको छ ।

    हाल १५ श्ययाको उक्त अस्पताललाई स्तरोन्नति गरी ५० श्यया बनाउन प्रदेश सरकारसमक्ष माग गरिएको पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियारले जानकारी दिए ।  

    सो अस्पतालको स्तरोन्नतिसहित भौतिक संरचना वृद्धिबारे सामाजिक विकासमन्त्री नवलकिशोर साहसमक्ष छलफल गरिएको नगरप्रमुख रौनियारले जानकारी दिए । 

    अस्पतालको हाल रहेको भवनमा माथिलो तल्ला थप गर्न मन्त्रालयसँग रकम निकासा गर्नसमेत माग गरिएको छ । साथै अस्पतालमा आवश्यक औषधिसहित शल्यक्रिया कक्ष, आइसियु तथा नवजात शिशु सघन हेरचाह एकाइ सेवा सञ्चालन गर्न थप रकम उपलब्ध गराउनसमेत प्रदेश सरकारसमक्ष माग गरिएको हो । 

    यसैबीच पोखरिया नगरपालिका–९ जगतपुरमा निर्माणाधीन अधुरो बर्थिङ सेन्टरको भवन निमार्णमा समेत सहयोग गर्न प्रदेश सरकारसमक्ष माग गरिएको छ । पोखरिया अस्पतालबाट पर्साका पोखरिया नगरपालिकासहित जिल्लाका अन्य ग्रामीण क्षेत्रका सेवाग्राहीले सेवा लिने गरेका छन् ।

    २०७८, पौष १७ शनिवार०९:०७:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार