कर्णाली प्रदेशसभा अधिवेशन पुस २८ गते आह्वान

कर्णाली प्रदेशसभा अधिवेशन पुस २८ गते आह्वान

२०७८, पौष २३ शुक्रवार

  • 949
    SHARES

  • कर्णाली प्रदेशसभा अधिवेशन  पुस २८ गते आह्वान

    कर्णाली । कर्णाली प्रदेशसभाको नवौँ (हिउँदे) अधिवेशन यही पुस २८ गते बस्ने भएको छ ।

    प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको निर्णयबमोजिम नेपालको संविधान धारा १८३ (१) बमोजिम प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् ।

    प्रदेशसभा बैठक पुस २८ गते बुधबार अपराह्न ३ बजे बोलाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

    यसअघि गत मङ्सिर १४ गते मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनार्थ प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको थियो ।

    २०७८, पौष २३ शुक्रवार१०:१७:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार