पुरातत्व विभागद्धारा खरिदार निष्कासन 

पुरातत्व विभागद्धारा खरिदार निष्कासन 

२०७८, माघ १२ बुधवार

  • 1.6K
    SHARES

  • पुरातत्व विभागद्धारा खरिदार निष्कासन 

    पोखरा । पुरातत्व विभागले प्रदेश संग्रहालय पोखरामा कार्यरत एकजना कर्मचारीलाई सेवाबाट हटाएको छ ।

    विभागले स्याङ्जा घर भएका खरिदार विशालबाबु डुम्रेलाई सेवाबाट हटाएको हो ।

    बिदा स्वीकृत नगराई लगातार ९० दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित भएको कसुरमा उनलाई सेवाबाट हटाउने निर्णय गरिएको विभागले जनाएको छ ।

    यही माघ ९ गते भएको विभागीय निर्णयको सूचना सार्वजनिक गर्दै विभागले उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको जनाएको छ ।

    २०७८, माघ १२ बुधवार०८:३९:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार