श्रीलङ्कामा एकै दिनमा ५०० बढीमा कोभिड–१९ सङ्क्रमण पुष्टि

श्रीलङ्कामा एकै दिनमा ५०० बढीमा कोभिड–१९ सङ्क्रमण पुष्टि

२०७७, पौष १३ सोमवार

  • 1.4K
    SHARES

  • श्रीलङ्कामा एकै दिनमा ५०० बढीमा कोभिड–१९ सङ्क्रमण पुष्टि

    पौष १३, कोलम्बो ।

    श्रीलङ्कामा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्कमा उल्लेख छ । 

    अहिलेसम्म श्रीलङ्कामा कूल ४० हजार २८२ व्यक्ति कोभिड–१९ सङ्क्रमित भएकोमा ३२ हजार ५१ व्यक्ति सङ्क्रमणमुक्त भएका सरकारी तथ्याङ्कमा उल्लेख छ ।

    श्रीलङ्कामा सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार ४५ रहेको र १८६ सङ्क्रमित व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    लामो समयसम्म गृहयुद्धको सामना गरेको एसियाली यो मुलुकमा कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहर देखिएसँगै सरकारले थप साबधानी अपनाउन लागिएको बताएको छ ।

    श्रीलङ्काको बढी प्रभावित पश्चिमी प्रान्तहरूमा गत अक्टोबरदेखि विद्यालयहरू बन्द अवसथ्थामा रहेका छन् ।

    राजधानी कोलम्बोस्थित माछा बजार र बजार वरपरको ग्रामिण वस्तीमा समेत कोभिड–१९ को दोस्रो लहर देखा परेको छ । ती स्थानहरूलाई सहरका अन्य इलाकासँगको सम्पर्कसँग छुट्टिनेगरी सङ्क्रमण क्षेत्रमा सावधानीका उपायलाई कडाईका साथ लागू गरिएको छ ।

    यसबाहेकका ग्रामिण वस्तीमा सङ्क्रमणको प्रभाव नगन्य रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।- एजेन्सी । 

    २०७७, पौष १३ सोमवार०६:५०:१२
    प्रतिक्रिया
    सम्बन्धित समाचार