ट्रेजरी बिल बिक्री गरिँदै

ट्रेजरी बिल बिक्री गरिँदै

२०७७, पौष १३ सोमवार

  • 2.0K
    SHARES

  • ट्रेजरी बिल बिक्री गरिँदै

    पौष १३, काठमाडौँ ।

    नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाका माध्यमबाट सो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । 

    बैंकका अनुसार रु १० करोड बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी चैत १७ गते परिपक्व हुनेछ ।

    यस्तै रु दुई अर्ब बराबरको ट्रेजरी बिल भने कूल ३६४ दिन अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल भने २०७८ पुस १३ गते परिपक्व हुनेछ । बैंकले यसअघि पुस ६ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।

    २०७७, पौष १३ सोमवार०७:०४:४०
    प्रतिक्रिया
    सम्बन्धित समाचार