थपिए ४९०४ कोरोना संक्रमित, ५९२४ संक्रमणमुक्त; ६ को मृत्यु

थपिए ४९०४ कोरोना संक्रमित, ५९२४ संक्रमणमुक्त; ६ को मृत्यु

२०७८, माघ १५ शनिवार

  • 1.2K
    SHARES

  • थपिए ४९०४ कोरोना संक्रमित, ५९२४ संक्रमणमुक्त; ६ को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा मुलुकमा ४९०४ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ५६२ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधीमा ५९२४ जना निको भएका छन् । थप ६ जनाको मृत्यु भएको छ ।

    काठमाडौं उपत्यकामा आज १८२० जना संक्रमित थपिएका छन् जसमध्ये काठमाडौंमा १४०४, ललितपुरमा ३०५ र भक्तपुरमा १११ जना संक्रमित थपिएका छन् ।

    यससँगै सक्रिय संक्रमित संख्या ८७ हजार ३२९ पुगेको छ । 

    २०७८, माघ १५ शनिवार०४:५९:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार