अबको साझा लक्ष्य आर्थिक समृद्धि: मुख्यमन्त्री पोखरेल

अबको साझा लक्ष्य आर्थिक समृद्धि: मुख्यमन्त्री पोखरेल

२०७८, माघ १६ आइतवार

  • 1.2K
    SHARES

  • अबको साझा लक्ष्य आर्थिक समृद्धि: मुख्यमन्त्री पोखरेल

    गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको साझा लक्ष्य आर्थिक समृद्धि रहेको बताउनुभएको छ । 

    सहिद दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले सहिदको बलिदानीले प्राप्त राजनीतिक उपलब्धिपछि अबको साझा लक्ष्य आर्थिक समृद्धि रहेको उल्लेख गर्नुभएको छ ।
      
    लामो सङ्घर्षपछि संविधानसभामार्फत बनेको संविधान र त्यसपछि बनेको तीन तहका सरकारलाई अझ प्रभावकारी र जनमुखी बनाउनका लागि आपसी सहमति र सहकार्य नै सबैभन्दा ठूलो शक्ति रहेको सन्देशमा भनिएको छ ।

    सहिदको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नु अहिलेको सबैभन्दा ठूलो र महत्वपूर्ण जिम्मेवारी रहेको उहाँको भनाइ छ । 

    देशमा स्वच्छ राजनीतिक संस्कारको विकास तथा आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्ने सोचसहित अघि बढ्नु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्दै सन्देशमा सहिदको त्याग र बलिदानको कदरका लागि प्रदेश सरकार सदा प्रतिबद्ध रहेको उल्लेख गरिएको छ । 

    २०७८, माघ १६ आइतवार१२:१८:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार