कर्णाली प्रदेश स्थापना दूरगामी महत्वको घटनाः प्रदेश प्रमुख

कर्णाली प्रदेश स्थापना दूरगामी महत्वको घटनाः प्रदेश प्रमुख

२०७८, माघ २२ शनिवार

  • 1.9K
    SHARES

  • कर्णाली प्रदेश स्थापना दूरगामी महत्वको घटनाः प्रदेश प्रमुख

    कर्णाली । कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेश स्थापनाको दिन दूरगामी महत्वको भएको बताएका छन् ।

    कर्णाली प्रदेशसभाको चौथो स्थापना दिवसको अवसरमा आयोजित ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्दै प्रदेश प्रमुख परियारले समयको रफ्तारसँगै स्थापनाको चौथो वर्ष पार गरेको प्रदेशसभाले संंविधानको मर्म अनुरुप संघीयता कार्यान्वयनमा सहयोग पुगेको बताए ।

    ‘संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज स्थापनाको कल्पना गर्दै समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ,’ उनले भने, ‘यसको ध्येय अनुसार जनप्रतिनिधिहरुको संस्था प्रदेशसभा र सरकारले अति क्रियाशील भएर काम गर्न आवश्यक छ ।’

    सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले कर्णालीको विकास र समृद्धि अझै बलियो र सुदृढ बन्दै जाने अपेक्षा रहेको बताउँदै प्रदेश प्रमुख परियारले ऐतिहासिक महत्वको बोकेको दिनको स्वर्णीम सपनालाई विपनामा परिणत गर्न सबैको साझा दायित्व रहेको उनको भनाइ थियो ।

    प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकार गठनदेखि नीति निर्माण गर्ने जनप्रतिनिधिहरुको संस्था प्रदेशसभाको चार वर्षको भूमिका कदर गर्न लायक भएको बताए ।

    उक्त कार्यक्रममा सभामुख राजबहादुर शाहीले प्रदेशसभाको चार वर्षे कार्यकालले प्रादेशिक संरचनाको आकार दिएको बताए । उनले भने, ‘हामीले यो चार वर्षमा सरकार, समीति, नीति, बजेट तथा कार्यक्रम निर्माणदेखि ३६ वटा कानून बनाएका छौ । सरकारको कामको प्रभावकारिताको निगरानी गर्दैै आएका छौं ।’

    कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सदस्य, प्रमुख सचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो ।

    २०७८, माघ २२ शनिवार०८:४१:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार