थप २४ सय जनामा कोरोना सङ्क्रमण, १४ जनाको मृत्यु

थप २४ सय जनामा कोरोना सङ्क्रमण, १४ जनाको मृत्यु

२०७८, माघ २६ बुधवार

  • 1.4K
    SHARES

  • थप २४ सय जनामा कोरोना सङ्क्रमण, १४ जनाको मृत्यु

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २४०१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १६ हजार ३५६ नमुना परीक्षण गर्दा ती सङ्क्रमित थपिएका हुन् । ११६०३ पीसीआर परीक्षण गर्दा १८५१ र ४७५३ एन्टीजेन परीक्षण गर्दा ५५० जना सङ्क्रमित थपिएका हुन् ।

    आज कोरोना सङ्क्रमणका कारण १४ जनाको मृत्यु भएको छ ।

    काठमाडौँ उपत्यकाका तीन जिल्लामा आज १०१७ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै बुधबार ७७७७ जना निको भएका छन् ।

    सक्रिय सङ्क्रमित सङ्ख्या ३० हजार २४१ रहेको छ । एकैदिनमा २ लाख ४६ हजार जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

    २०७८, माघ २६ बुधवार०६:४४:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार