नेकपा काठमाडौँ क्षेत्र नं १ द्धारा विस्तारित बैठक सम्पन्न 

नेकपा काठमाडौँ क्षेत्र नं १ द्धारा विस्तारित बैठक सम्पन्न 

२०७७, पौष १३ सोमवार

  • 1.4K
    SHARES

  • नेकपा काठमाडौँ क्षेत्र नं १ द्धारा विस्तारित बैठक सम्पन्न 

    पौष १३, काठमाडौं ।

    सत्ताधारी पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को काठमाडौं क्षेत्र नं १ ले विस्तारित  बैठक सम्पन्न गरेको छ । 

    सोमवार केन्द्रीय सदस्य तथा सो क्षेत्रका प्रदेश सांसद गणेश दुलालको संयोजनमा बैठक सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रीय सदस्यहरु रुप नारायण श्रेष्ठ, विष्णु भुसाल, विद्या न्यौपाने, कमल चौंलागाईं, शर्मिला कार्की, मोहन रेग्मी र बिदुर मैँनालीको उपस्थिति रहेको थियो । 

    त्यसै गरि जिल्ला कमिटि सदस्य तथा ३१ वडा अध्यक्ष नारायण भण्डारी, धन बहादुर अछामी लगायत प्रदेश कमिटि तथा शाखा कमिटिका अगुवा कार्यकर्ता गरी २०० जनाको उपस्थिति रहेको थियो । 

    बैठकले पौष १८ गते प्रज्ञा प्रतिष्ठानमा हुने वृहत जिल्ला भेलामा व्यापक सहभागिता जनाउने निर्णय गर्यो । साथै चाँडै नैँ यस क्षेत्रका चारवटै शाखामा भेला तथा बैठक आयोजना गरिने पनि नेता दुलालले जनाए ।

    २०७७, पौष १३ सोमवार०८:३२:३०
    प्रतिक्रिया
    सम्बन्धित समाचार