प्रदेश दिवसको अवसरमा आज गण्डकीमा सार्वजनिक बिदा

प्रदेश दिवसको अवसरमा आज गण्डकीमा सार्वजनिक बिदा

२०७८, फाल्गुण ४ बुधवार

  • 1.8K
    SHARES

  • प्रदेश दिवसको अवसरमा आज गण्डकीमा सार्वजनिक बिदा

    काठमाडौं । गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकार स्थापना दिवसका अवसरमा सरकारले बिदा दिएको हो ।

    “गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७८/११/३ गते बसेको बैठकको निर्णयानुसार गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा २०७८ साल फागुन ४ गते बुधबारका दिन गण्डकी प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ-संस्था एवं शिक्षण संस्था समेतमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीद्वारा मंगलबार जारी सूचनामा भनिएको छ ।

    २०७८, फाल्गुण ४ बुधवार०७:३५:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार