सामाजिक संजालमा मेयर शाक्यलाई शतप्रतिशत गाली, रोजाईमा स्थापित 

सामाजिक संजालमा मेयर शाक्यलाई शतप्रतिशत गाली, रोजाईमा स्थापित 

२०७८, फाल्गुण ५ बिहिवार

  • 2.4K
    SHARES

  • सामाजिक संजालमा मेयर शाक्यलाई शतप्रतिशत गाली, रोजाईमा स्थापित 

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या शुन्दर शाक्यसँग सामाजिक संजाल प्रयोगकर्ता रुष्ट देखिएका छन् । 

    २०७४ सालको स्थानिय चुनावमा त्तकालिन गठबन्धन उमेद्धार राजुराज जोशीलाई भारि मतले पराजित गर्दै शाक्य निर्वाचित भएका थिए । 

    देशको राजधानी समेत रहेको काठमाडौं महानगरपालिकाको मेयरको काम देखिने, सुनिने हुन पर्नेमा त्यसो हुन नसकेको संजाल प्रयोगकर्ताको गुनासो रहेको छ । 

    गत हप्ता शाक्यको भनाई उद्धृत गर्दै कान्तिपुर दैनिक र अनलाईनखबरमा आएका समाचारलाई लिएर सामाजिक संजालमा उनको तिब्र आलोचना भएको हो । महानगरको एउटा कार्यक्रममा बोल्दै- पार्टीले जिम्मेवारी दिए आफु जित्ने अवस्थामा रहेको भनाईले शत प्रतिशत गाली पाएको हो । 

    निर्वाचनताका मोनोरेलको चर्चा गरेर वाहवाही कमाएका शाक्य पछिल्ला दिनमा संजालकर्ताको तारो बनेका थिए । जनताका तिब्र आकांक्षालाई एकैपटक पुरा गर्नपर्ने चुनौति व्यहोरेका शाक्य दैनिक १४ घण्टा सम्म महानगरका काम गरे पनि उच्च सफलता हासिल गर्न चुकेका उनका समकक्षी बताउँछन् ।

    सरकारले वैशाख ३० गते स्थानिय निर्वाचनको घोषणा गरिसकेकाले अधिकतम संजाल प्रयोगकर्ताको रोजाईमा पुनः केशव स्थापित देखिएका छन् । वामपन्थी बाहुल्य रहेको काठमाडौं उपत्यकामा एमालेले उठाउने उमेद्धारले मतदाताको ध्यान आकर्षित गर्न सक्नुपर्ने स्थानियवासीको जोड देखिन्छ ।

    स्थापित २०५४ सालको स्थानिय निर्वाचनमा मेयर जितेर काठमाडौंवासीको मन जित्न सफल भएका थिए । यद्यपि उनमा देखिएको अधिकतम कडापनले भने कहिलेकाहिँ समस्या खडा गर्ने गरेको गुनासो पनि स्थानियको छ । 

    २०७८, फाल्गुण ५ बिहिवार०९:३४:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार