महामारीबीच श्रीलङ्कामा पर्यटकको स्वागत सुरु

महामारीबीच श्रीलङ्कामा पर्यटकको स्वागत सुरु

२०७७, पौष १४ मंगलवार

  • 1.1K
    SHARES

  • महामारीबीच श्रीलङ्कामा पर्यटकको स्वागत सुरु

    पौष १४, कोलम्बो ।

    कोरोनामहामारी फैलिइरहेका बेला श्रीलङ्कामा विदेशी पर्यटकलाई स्वागत अभियान सुरु भएको छ । 

    विदेशी पर्यटक ल्याउने कार्य महामारीका कारण बन्द गरिएकोमा सोमबारदेखि सुरु भएकाले विमानस्थल पनि खुलेको छ ।

    श्रीलङ्काले विमानस्थल खुल्ला गर्दै विदेशी पर्यटक भित्र्याउने अभियान नै सुरु गरेको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

    श्रीलङ्काले गत मार्चदेखि अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा स्थगित गरेको थियो ।
      
    बन्दारानाइके अन्तर्राष्ट्रिय विमानस्थलका अध्यक्ष जी.ए.चन्द्रासिरिले सिन्ह्वालाई दिएको जानकारी अनुसार २०० जना युक्रेनी पर्यटक मत्ताला राजापाक्षे अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रीलङ्का आउने भएका छन् । 

    आगामी दिनमा विमानबाट धेरै पर्यटकहरू आउने श्रीलङ्काको सरकारी अधिकारीहरूले अपेक्षा गरेका छन् ।  

    श्रीलङ्का आउदा कोरोनाभाइरसको परीक्षण गरिएको पिसिआर रिपोर्ट पनि पेस गर्नु पर्ने र त्यो रिपोर्टमा कोरोनभाइरसको सङ्क्रमण नभएको देखिनु पर्ने सर्त पनि राखिएको छ । 

    श्रीलङ्कामा कोरोनाभाइरसबाट अहिलेसम्म ४१ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । यहाँ अहिले दोस्रो चरणको महामारी चलिरहेको छ । 

    श्रीलङ्कामा २४ घण्टामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्कमा उल्लेख छ । 

    श्रीलङ्कामा सक्रिय सङ्क्रमितको सङ्ख्या झण्डै आठ हजार रहेको र १८६ भन्दा बढी सङ्क्रमित व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    लामो समयसम्म गृहयुद्धको सामना गरेको एसियाली यो मुलुकमा कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहर देखिएसँगै सरकारले थप साबधानी अपनाउन लागिएको बताएको छ ।

    श्रीलङ्काको बढी प्रभावित पश्चिमी प्रान्तहरूमा गत अक्टोबरदेखि विद्यालयहरू बन्द अवस्थामा रहेका छन् ।  

    राजधानी कोलम्बोस्थित माछा बजार र बजार वरपरको ग्रामिण वस्तीमा समेत कोभिड–१९ को दोस्रो लहर देखा परेको छ ।

    ती स्थानहरूलाई सहरका अन्य इलाकासँगको सम्पर्कसँग छुट्टिनेगरी सङ्क्रमण क्षेत्रमा सावधानीका उपायलाई कडाईका साथ लागू गरिएको छ । -एजेन्सी ।  

    २०७७, पौष १४ मंगलवार०६:४८:४१
    प्रतिक्रिया
    सम्बन्धित समाचार