पार्टी विभाजनले लुम्बिनी प्रदेश सरकार परिवर्तन हुँदैन : प्रवक्ता चौधरी

पार्टी विभाजनले लुम्बिनी प्रदेश सरकार परिवर्तन हुँदैन : प्रवक्ता चौधरी

२०७७, पौष १४ मंगलवार

  • 2.1K
    SHARES

  • पार्टी विभाजनले लुम्बिनी प्रदेश सरकार परिवर्तन हुँदैन : प्रवक्ता चौधरी

    पौष १४, रुपन्देही ।

    प्रतिनिधिसभाको विघटन र नेकपा विभाजनले कुनै असर नगर्ने लुम्बिनी प्रदेश सरकारले दाबी गरेको छ ।

    सोमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी गराउँदै  प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आउने अवस्था अहिले नभएको स्पष्ट पारे । 

    प्रवक्ता चौधरीले बाहिर हल्ला फिजाइएको जस्तो प्रदेश सरकार परिवर्तन नहुने दाबी गरे । “अहिले सरकार परिवर्तन हुँदैन, मैले बुझेअनुसार सबै मन्त्रीहरु मुख्यमन्त्रीकै लाइनमा हुनुहुन्छ”, उनले भने ।

    उनले बैठकमा सरकारका सबै मन्त्रीहरु सहभागी भएको र सरकार फेरबदलबारे कुनै आवाज नउठेको हुँदा पार्टी विभाजनको प्रभाव लुम्बिनी प्रदेश सरकारमा नपर्ने बताए ।

    आजकोे बैठकले दाङको तुलसीपुर नगरपालिका र स्पेनको विलवाओ नगरपरिषद्बीच भगिनी सम्बन्ध स्थापित गर्ने एक मात्र प्रस्तावमा छलफल गरी पारित गरेको उनले जानकारी दिए । 

    २०७७, पौष १४ मंगलवार०७:२०:५३
    प्रतिक्रिया
    सम्बन्धित समाचार