नयाँ वर्षलाई “उपचारात्मक वर्ष” बनाउन राष्ट्रसंघको आह्वान

नयाँ वर्षलाई “उपचारात्मक वर्ष” बनाउन राष्ट्रसंघको आह्वान

२०७७, पौष १४ मंगलवार

  • 1.1K
    SHARES

  • नयाँ वर्षलाई “उपचारात्मक वर्ष” बनाउन राष्ट्रसंघको आह्वान

    पौष १३, काठमाडौंँ ।

    कोरोनाभाइरसका कारण सङ्कटग्रस्त मुलुकहरुलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ ।  

    राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वका सबै समुदायलाई उपचारात्मक वर्षको रुपमा सन् २०२१ लाई मनाउन भिडियो सन्देश मार्फत् आह्वान गरेका हुन् ।

    नयाँ बर्षको अवसरमा शुभकामना सन्देश सहितको भिडियो सन्देशमा उनले महामारीका विरुद्धमा सँगसगै लड्नु पर्नेमा जोड दिएका छन् । 

    आउनुहोस्, शान्ति स्थापनाका लागि सँगसगै काम गरौँ, सहकार्य गरौँ र अबरोध तथा समस्याहरुको सामना पनि गरौँ, उनले भिडियोमा भनेका छन् ।

    सन् २०२० भरी कोरोनाभाइरसको महामारी चलेकाले सन् २०२१ मा यो महामारीबाट मुक्त भइसक्ने गरी काम गर्नु पर्नेमा उनले जोड दिएका छन् । 

    कोरोनाभाइरसका कारण अहिलेसम्म संसारभरी १७ लाख ८३ हजार १०० भन्दा बढीको मृत्यु भएको छ भने आठ करोड १७ लाख ३५ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । 

    २०७७, पौष १४ मंगलवार०४:३४:१२
    प्रतिक्रिया
    सम्बन्धित समाचार