‘अपराजित योद्धा’ र ‘बादल फाटेपछि’ विमोचन

‘अपराजित योद्धा’ र ‘बादल फाटेपछि’ विमोचन

२०७८, फाल्गुण ११ बुधवार

  • 1.9K
    SHARES

  • ‘अपराजित योद्धा’ र ‘बादल फाटेपछि’ विमोचन

    काठमाण्डौ । पाल्पामा दुई कथा सङ्ग्रह विमोचन गरिएको छ । साहित्यकार शान्ता शाक्यद्वारा रचना गरिएको ‘अपराजित योद्धा’ र ‘बादल फाटेपछि’ कृतिको विमोचन गरिएको हो ।

    पत्रकार मेघराज शर्माले दुवै कृतिको विमोचन गर्दै कथासङ्ग्रह प्रकाशन गर्न सफल कथाकार शाक्यलाई बधाई दिए । यी कृति सरल भाषामा मार्मिक सामाजिक यथार्थलाई उजागर गरी लेखिएको उनले बताए ।

    उपप्राध्यापक अर्चना शाक्यले बादल फाटेपछि कृतिका सम्बन्धमा दसैँ कसको (२०४६) कथाका माध्यमबाट औपचारिकरूपमा साहित्यमा प्रवेश गरेकी शाक्यले कविता, कथा, निबन्ध, समालोचना आदि विधामा कलम चलाएको बताइन् । बादल फाटेपछि कृतिमा १५ कथा समेटिएका छन् । यसमा सामाजिक यथार्थका साथै नारी समस्याको उठान गरिएको छ ।

    साहित्यकार कमल खत्रीले ‘अपराजित योद्धा’ माथि टिप्पणी गर्दै समसामयिक यथार्थ र समस्यामा केन्द्रित रहेर कथा सिर्जना गरिएको बताए । ग्रामीण जीवनको सरलता र कुटिल सहरिया जीवनप्रतिको वितृष्णा भाव मुखरित भएको उनको ठहर छ ।

    कथाकार शाक्यले माइतीको न्यानो आँगनमा दुई कृति सार्वजनिक गर्न पाएकामा गौरवको अनुभूति भएको बताइन् । साहित्यकार राजेन्द्रगोपाल सिंहले पाल्पाको साहित्यको पृष्ठभूमिमा महिला साहित्यकारको अवस्था उजागर भएको बताए ।

    २०७८, फाल्गुण ११ बुधवार०१:५३:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार