सेयर बजार ५ अंकले बृद्धि, कारोबार रकम ४ अर्ब रुपैयाँ

सेयर बजार ५ अंकले बृद्धि, कारोबार रकम ४ अर्ब रुपैयाँ

२०७७, पौष १४ मंगलवार

  • 1.9K
    SHARES

  • सेयर बजार ५ अंकले बृद्धि,  कारोबार रकम ४ अर्ब रुपैयाँ

    पौष १३, काठमाडौंँ ।

    मंगलबार सेयर बजार ५ अंकले बृद्धि हुँदै २ हजार १२ दशमलव ८९ अंकमा  बन्द भएको छ। 

    सुरुमा २०/२२ अंक सम्मले बढेको बजार अन्त्यमा ५ अंकको वृद्धि सहित बन्द भएको हो।

    ८० प्रतिशत हकप्रद सेयर जारी गरेपछि  नागरिक लगानीकोको सेयर मूल्य १० प्रतिशतले बढेको छ। कम्पनीको सेयर प्रति कित्ता ३०६२ रुपैयाँमा कारोबार भएको छ।

    नारायणी डेभलोपमेन्ट बैंकको सेयर मूल्य पनि १० प्रतिशतले बढ्दा हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्य ७ प्रतिशत र शिवम सिमेन्ट र हिमालयन डिस्टिलरीको सेयर मूल्य करिब ५/५ प्रतिशतले बढेको छ।

    नबिल बैंकको ५३ करोड रुपैयाँको सेयर किनबेच हुँदा शिवम सिमेन्टको २७ करोड, ग्लोबल आइएमईको २३ करोड, हिमालयन डिष्टिलरीको २० करोड, नेपाल पुनर्बिमा कम्पनी र  नेपाल लाइफको १८/१८ करोड रुपैयाँको कारोबार भएको छ।

    कारोबार रकम ४ अर्बमा सिमित भएको छ । दिनभर भएका २०९ कम्पनीका ३७ हजार ९१६ कारोबारबाट ८० लाख १ हजार ३१४ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब ९ करोड २२ लाख २७ हजार ८०३ रुपैयाँ पुगेको छ ।

     

    २०७७, पौष १४ मंगलवार०५:४१:४२
    प्रतिक्रिया
    सम्बन्धित समाचार