कोरोनाको खोपः “स्पुट्नीक भी” प्रयोग गर्ने दोस्रो देश बन्यो बेलारुस

कोरोनाको खोपः “स्पुट्नीक भी” प्रयोग गर्ने दोस्रो देश बन्यो बेलारुस

२०७७, पौष १४ मंगलवार

  • 1.3K
    SHARES

  • कोरोनाको खोपः “स्पुट्नीक भी” प्रयोग गर्ने दोस्रो देश बन्यो बेलारुस

    पौष १३, काठमाडौँ ।

    रसियामा निर्मित कोरोनाभाइरस विरुद्धको खोप स्पुटनीक भी प्रयोग गर्ने देशमा बेलारुस दोस्रो बनेको छ । 

    यसअघि रुसले यसको प्रयोग गरेको थियो । यो खोपको विकास पनि रुसमा नै एक सरकारी निकायले गरेको थियो । 

    स्पुटनीक भी खोप उत्पादन गर्ने निकायको आधिकारिक सामाजिक सञ्जालमा लेखिएको छ, “यो खोप प्रयोग गर्ने देशहरुको सूचीमा बेलारुस दोस्रो भएको छ, बेलारुसमा आम नागरिकलाई पनि यो खोप लगाउन थालिएको छ ।”    

    सो निकायले आफ्नो खोप विश्वसनीय र प्रभावकारी भएको, तर शरीरमा कुनै प्रतिकूल प्रभाव नपर्ने दाबी पनि गरेको छ । 

    स्पुटनीक भी खोप लगाएकाहरुलाई लाभ नै भएको र धेरैले राहत महसुस गरेको सो निकायले सामाजिक सञ्जालमा लेखेको छ । 

    रुसका स्वास्थ्य मन्त्री दिमित्री पिनेभिचले कोरोनाविरुद्धको खोप प्रयोग गर्ने अवसरलाई बेलारुसले राम्रोसँग प्रयोग गरेको बताए ।

    बेलारुसमा सोमबार एक दिन मात्रै एक हजार ८१४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने अहिलेसम्म एक लाख ८८ हजार ५८८ जना सङ्क्रमित भएका छन् ।  -एजेन्सी

    २०७७, पौष १४ मंगलवार०६:४१:५४
    प्रतिक्रिया
    सम्बन्धित समाचार