साउदी राजकुमारले आज राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने

साउदी राजकुमारले आज राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने

२०७८, चैत्र १ मंगलवार

  • 1.1K
    SHARES

  • साउदी राजकुमारले आज राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने

    काठमाडौँ । नेपाल भ्रमणमा रहनु भएका साउदी अरबका राजकुमार तथा विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    साथै आजै परराष्ट्रमन्त्री डा. नारायण खड्काले राजकुमार फैसलसँग भेटवार्ता गर्नेछन् ।

    भेटवार्तापछि दुवै देशका परराष्ट्रमन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

    साउदी अरबका विदेशमन्त्रीले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा मन्त्री खड्काले आज दिवा भोज दिनेछन् । आजै अपराह्न राजकुमार फैसल बिन फहरान अल नेतृत्वको टोली स्वदेश फर्किने जनाइएको छ ।

    २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विदेशमन्त्री फैसल निजी विमान मार्फत सोमबार नेपाल आएका थिए ।

    २०७८, चैत्र १ मंगलवार११:३०:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार