बागमती प्रदेशसभा बैठक आज बस्दै

बागमती प्रदेशसभा बैठक आज बस्दै

२०७८, चैत्र ८ मंगलवार

  • 1.2K
    SHARES

  • बागमती प्रदेशसभा बैठक आज बस्दै

    मकवानपुर । बागमती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।

    प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार आज बस्ने प्रदेशसभा बैठकले गत फागुन २९ र ३० गते बसेको प्रदेशसभा बैठकमा पेस भएका तीन विधेयकमा छलफल हुनेछ ।

    बैठकले प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक स्वीकृत गर्ने कार्यसूची रहेको सचिव खड्काले बताए ।

    उनका अनुसार सो विधेयक सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बैठकमा स्वीकृतका लागि पेस गर्नेछन् । बागमती प्रदेशसभामा हाल १०९ प्रदेशसभा सदस्य छन् ।

    जसमा नेकपा (एमाले)का ४३, नेकपा (माओवादी केन्द्र)का २३, नेपाली काँग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक जना छन् ।

    २०७८, चैत्र ८ मंगलवार१०:३४:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार