मधेस प्रदेशसभाको बैठक फेरी सारियो

मधेस प्रदेशसभाको बैठक फेरी सारियो

२०७८, चैत्र ८ मंगलवार

  • 2.1K
    SHARES

  • मधेस प्रदेशसभाको बैठक फेरी सारियो

    काठमाण्डौ । मधेस प्रदेशको प्रदेशसभा बैठक विशेष कारण जनाउँदै फेरी सारिएको छ ।

    उक्त बैठक चैत ९ गते बुधबारका लागि आह्वान गरिएकोमा प्रदेशसभा सचिवालयले आज सूचना गरेको सूचनामा विशेष कारण जनाउँदैै चैत ११ गते दिउँसो २ बजे बस्ने गरी सारेको हो ।

    यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक चैत ९ गतेका लागि सारिएको थियो ।

    बैठकमा ढिलाइ हुँदा प्रदेश सरकारद्वारा अघिल्लो बैठकमा पेश भएको प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुन सकेको छैन ।

    २०७८, चैत्र ८ मंगलवार०३:१७:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार