नेप्से परिसूचक २५ अंकले वृद्धि

नेप्से परिसूचक २५ अंकले वृद्धि

२०७७, पौष १६ बिहिवार

  • 1.8K
    SHARES

  • नेप्से परिसूचक २५ अंकले वृद्धि

    पौष १६, काठमाडौँ । 

    सेयर बजार बिहीबार २५ अंकले बढेको छ। अन्त्यमा २५ अंकको वृद्धिसहित २०८७ अंकमा बजार बन्द हुँदा सामूहिक लगानी कोष समूहको उपसूचक समेत हरियो बन्यो ।

    पछिल्लो दुई दिनमा सेयर बजार सूचक नेप्से करिब ८० अंकले बढेको छ । 

    साताको पहिलो कारोबार दिन ४ अर्ब ६६ करोड रुपैयाँको सेयर किनबेच भएकोमा त्यसपछि औसत कारोबार रकम चार अर्ब रुपैयाँ आसपास रह्यो ।

    आज हिमालयन डिष्टिलरीको सर्वाधिक रकम ४८ करोड रुपैयाँको कारोबार हुँदा नेपाल लाइफको ३७ करोड, नागरिक लगानी कोष(सीआईटी) र नेपाल टेलिकम (एनटिसी) को २८/२८ करोड रुपैयोँको सेयर किनबेच भयो।

    साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य १० प्रतिशतले बढ्दा एभरेष्ट बैंक, लक्ष्मी बैंक र सिद्धार्थ बैंकको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरै वृद्धि भएको छ।

    धेरै घट्नेमा भने नारायणी डेभलपमेन्ट बैंक, कालिका माइक्रो क्रेडिट विकास बैंक र आइएमई जनरल इन्स्योरेन्स रहेका छन् । 

    बिहीबार २०७ कम्पनीको सेयर किनबेच हुँदा ९३ कम्पनीको सेयरका लगानीकर्ताले कमाएका छन् भने ७० कम्पनीकाले गुमाए । १२ कम्पनीको भने सेयर मूल्य स्थिर रह्यो ।

    साताको अन्तिम कारोबार दिन सेयर बजारमा कारोबार हुने अधिकांश कम्पनीहरुको सेयर मूल्य वृद्धि भएको छ । 

    नेप्से परिसूचक २५ दशमलव २१ अंकले बढेर २ हजार ८७ दशमलव २७ अंकमा पुगेको छ ।

     ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.४० अंकले उकालो लागेको छ ।

    बिहीबार दिनभर भएका ५० हजार ३ सय ८६ कारोबारबाट २ सय ७ कम्पनीका १ करोड १४ लाख ६४ हजार २ कित्ता सेयर किनबेच भएका छन् ।

    जसअनुसार कारोबार रकम ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार ८ सय ३७ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ । 

     

    २०७७, पौष १६ बिहिवार०४:४२:४७
    प्रतिक्रिया
    सम्बन्धित समाचार