युक्रेनबाट ६ सयभन्दा बढी नेपालीको उद्धार

युक्रेनबाट ६ सयभन्दा बढी नेपालीको उद्धार

२०७८, चैत्र १६ बुधवार

  • 1.1K
    SHARES

  • युक्रेनबाट ६ सयभन्दा बढी नेपालीको उद्धार

    काठमाडौँ । सरकारले युद्धग्रस्त युक्रेनबाट ६ सयभन्दा बढी नेपालीको उद्धार गरेको छ।

    बर्लिन् र मस्को दूतावास, गैर आवासीय नेपालीको संस्था एनआरएनए र अरू अन्तर्राष्ट्रिय समुदायको सहयोगमा युक्रेनमा रहेका नेपालीलाई उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले ६ सयभन्दा बढी नेपालीलाई युक्रेन सीमाबाट बाहिर निकालेको जानकारी दिइन्। उनले भनिन्, ‘उद्धार गरेकोलाई व्यवस्थापनमा अप्ठ्यारा छन्। तर मानवीय क्षति छैन ।’ उनका अनुसार युक्रेनबाट निकालिएकाहरू नेपाल फर्किन्छौँ भन्नेमा छैनन्।

    लम्सालले युक्रेन सङ्कटमा संयुक्त राष्ट्र सङ्घको आपत्कालीन बैठकहरूमा नेपालले आफ्नो नीतिअनुसार तीन वटै नियोगमार्फत आफ्नो मत जाहेर गरेको पनि बताइन्। उनले भनिन्, ‘महासभामा भएको आतपकालीनमा पनि युक्रेनको पक्षमा भोटिङ गरेका छौँ। जेनेभामा पनि भोट गरेका छौँ। युक्रेनको ह्युमन राइटस्को सवालमा पनि पक्षमा मतदान गरेको हो ।’ -एजेन्सी । 

    २०७८, चैत्र १६ बुधवार०७:०४:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार