दमक । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सन्दर्भलाई लिएर सबै राजनीतिक दल जनताको घर आँगनमा पुगेका छन् ।
जनताको असली सेवक आफुहरु रहेको दाबी गर्न राजनीतिक पार्टीले कुनैपनि कज्जुस्याइँ बाँकीराखेका छैनन् । 'तँ छाड र म छाड' को यो होडमा गाउँ/नगर प्रमूख बन्न सक्ने सम्भावित उम्मेदवारहरुको चर्चापरिचर्चा पनि चुलिँदै गएको छ ।
बामपन्थीहरुको बाहुल्यता रहेको झापा जिल्लाको पश्चिम दक्षिण कुनामा रहेको विकासोन्मुख नगर गौरादह नगरप्रमूखमा २०७४ सालमा भने नेपाली कांग्रेसका उमेद्वार रोहित कुमार शाहले नेकपा एमाले उम्मेदवार मदन प्रसाद अधिकारीलाई ४५४ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका थिए ।
शाहले १०३०८ मत प्राप्त गरेका थिए भने प्रतिद्धन्दी अधिकारीको ९८५४ मत र नेकपा माओवादी केन्द्रका पुष्पलाल ढकालको ३४२८ मत रहेको थियो । तर, उपप्रमूखमा भने नेकपा एमालेकी उम्मेदवार गीता भेटवालले नेपाली कांग्रेसकी उम्मेदवार सुमित्रा कुमारी खरेलको ७९११ मतका विरुद्धमा १०६२० मत प्राप्तगरि भारि मतान्तरले विजयी भएकी थिइन् ।
लालकिल्ला भनेर चिनिने उक्त नगरलाई प्रमूख शाहले भत्काएका कारण स्वभाविक रुपमा गठबन्धनले असर नपुर्याए नेपाली कांग्रेसबाट शाह नैँ पुनः नगरप्रमूखमा प्रतिस्पर्धामा रहने छन् ।
बामपन्थीहरुको बाहुल्यता र संघीय गणतन्त्रात्मक व्यवस्थामा शुरु भएसँगै अधिकार सम्पन्न शक्तिशाली स्थानिय निकायको शत्ता चलाउन पाउने अवसरलाई नेकपा एमालेले पुनः कमव्याक गर्नेगरि आफ्ना रणनीति बनाउन शुरु गरेको छ । एमालेबाट नगरप्रमूखका आकांछीमा आधा दर्जन भन्दा बढि नेता कार्यकर्ताहरुले आ-आफ्ना लबिंग सशक्त बनाउँदै लगेका छन् ।
समकालिन धेरै तर सर्वमान्य नेता कोही पनि नहुँदाको पिडा एमालेले २०५४ -५५ देखि २०७० सम्म भोगेकाले सर्वमान्य एवं जनताबिच पनि लोकप्रिय रहेको अनुहारले मात्र निर्वाचन जित्न सक्ने भएकाले पुर्व सांसद दिपक कार्की नै गौरादह नगरप्रमूख भएर काम गर्न तयार हुनु पर्ने राजनीतिक विश्लेषक धनपति सापकोटाको भनाई छ ।
पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आवश्यक परे पालुंटार नगरपालिकाको नगरप्रमूख बनेर नगरपालिकामा विकासको नयाँ मोडल तयार गरि समृद्ध नेपाल बनाउन सकिने मनसाय व्यक्त गरेसँगै कार्की पनि पुनः एकपटक नगरको रोलमोडल बन्न तयार हुन पर्ने सापकोटाको सुझाव छ ।
वि.सं २०४३ सालमा जनपक्षिय उपप्रधानपञ्चको उमेदवार बनेर विजय हासिल गरेका कार्की, २०४९ र २०५४ मा गौरादह गाविस अध्यक्षमा चुनिएका थिए । त्यस्तै, २०६४ र २०७० सालमा दुवैपटक संविधान सभाको निर्वाचनमा विजयी बनेका कार्की २०७२ सालमा संविधान निर्माण पश्चात राज्य पुनःसंरचना भएसँगै निर्वाचन छेत्र घटुुवामा परि निर्वाचन लड्न पाएनन् । कार्की २०६४ सालको संविधानसभाको निर्वाचनमा पूर्वाञ्चलबाटै १ मात्र विजयी सांसद समेत हुन् । हाल उनी नेकपा एमाले झापा जिल्ला कमिटी अध्यक्ष छन् ।
२०७४ सालको स्थानिय तहको निर्वाचनमा तत्कालिन कार्यबाहक अध्यक्ष तिलचन पाठक(चिन्तन) बुद्धशान्ति गाउँपालिकाको प्रमूख पदमा प्रतिस्पर्धामा थिए । यद्यपि पाठक थोरै मतले पराजित भएका थिए ।