थप ११ जनामा कोरोना पुष्टि, ९० जना संक्रमणमुक्त

थप ११ जनामा कोरोना पुष्टि, ९० जना संक्रमणमुक्त

२०७८, चैत्र १९ शनिवार

  • 1.3K
    SHARES

  • थप ११ जनामा कोरोना पुष्टि, ९० जना संक्रमणमुक्त

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्।

    शनिबार ९० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ९४२ जना सक्रिय संक्रमित रहेका छन्।

    गत चौबीस घन्टामा २ हजार ८३ पीसीआर तथा १ हजार २७७ एन्टिजेन परीक्षण भएको छ।

    २०७८, चैत्र १९ शनिवार०५:१४:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार