भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा आज स्वदेश फर्किँदै

भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा आज स्वदेश फर्किँदै

२०७८, चैत्र २० आइतवार

  • 1.6K
    SHARES

  • भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा आज स्वदेश फर्किँदै

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किँदै छन् । नेपाल फर्किनु अघि प्रधानमन्त्री उत्तर प्रदेशको बनारस जाने छन् ।

    उनी बिहान ९ बजे नयाँदिल्लीबाट बनारस जाने छन् । त्यहाँ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवालाई स्वागत गर्नेछन् । बनारसमा प्रधानमन्त्री देउवाले विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने तयारी छ ।

    प्रधानमन्त्री देउवा बनारसबाट नयाँदिल्ली जाने र त्यसपछि काठमाडौँ आउने छन् । भारतको औपचारिक भ्रमण गर्न प्रधानमन्त्री देउवा गत शुक्रबार भारत गएका हुन् ।

    शनिबार देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । उनीहरुले रेलवे सेवा, सोलुकोरिडोर प्रसारणलाइनको सेवा सहितको उद्घाटन गरेका थिए ।

    २०७८, चैत्र २० आइतवार०७:२८:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार