भारतको मुम्बईमा कोरोनाको नयाँ भेरियन्ट भेटियो

भारतको मुम्बईमा कोरोनाको नयाँ भेरियन्ट भेटियो

२०७८, चैत्र २४ बिहिवार

  • 1.2K
    SHARES

  • भारतको मुम्बईमा कोरोनाको नयाँ भेरियन्ट भेटियो

    काठमाडौँ । भारतको मुम्बईमा एक्स–ई नामको कोरोनाको अर्को नयाँ भेरियन्ट भेटिएको छ ।

    भारतको वित्तीय राजधानी मुम्बईमा ओमिक्रोन एक्स–ई फेला परेको बुधबार पुष्टि गरिएको हो ।

    यो नयाँ भेरिएन्ट ओमिक्रोनभन्दा बढी सर्न सक्ने क्षमता रहेको र सर्वप्रथम यो बेलायतमा पत्ता लागेको थियो ।

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार यो कोभिड–१९ को ओमिक्रोन बीए–टु प्रजातीभन्दाभन्दा १० प्रतिशत बढी सर्न सक्ने बताइएको छ ।

    अहिलेसम्म ओमिक्रोनको बीए–टु प्रजातीलाई कोभिड–१९ को सबैभन्दा सङ्क्रामक मानिएको छ ।

    ओमिक्रोन एक्स–ई भेरिएन्ट भएका भारतीयको अवस्था सामान्य रहेको स्वास्थ्य अधिकारीको भनाइ

    कोरोनाभाइरस (कोभिड–१९) को ओमिक्रोन एक्स–ई भेरिएन्टबाट सङ्क्रमित भनिएका भारतका पहिलो बिरामीको अवस्था गम्भीर नभएको स्थानीय स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    रिपोर्टअनुसार बिरामी एक महिला रहेको र उनी फेब्रुअरी १० मा दक्षिण अफ्रिकाबाट मुम्बई आइपुगेको तर उनमा कुनै जटिल समस्या नदेखिएको चिकित्सकले बताएका छन् ।

    अधिकारीका अनुसार मुम्बईबाट आएका २३० नमुनामध्ये २२८ वटा ओमिक्रोन भेरियन्टका छन् । त्यस्तै एक जनामा काप्पा भेरियन्ट भेटिएको र अर्कोमा ओमिक्रोन एक्सई भेरिएन्ट रहेको पाइएको छ ।

    अधिकारीले भने, ‘यो भाइरसको नयाँ कीटाणुबाट सङ्क्रमित बिरामीको अवस्था गम्भीर छैन ।’

    ओमिक्रोनको बीए–टु प्रजातीभन्दा एक्स–ई १० प्रतिशत बढी सङ्क्रमण हुनसक्ने देखिएको छ । अहिलेसम्म बीए–२ सबै कोभिड–१९ भेरिएन्टमध्ये सबैभन्दा सङ्क्रामक ठानिएको छ ।

    २०७८, चैत्र २४ बिहिवार०८:०४:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार