पौष १७, धरान ।
धरान उपमहानगरपालिका वडा नं ७ मा सुविधासम्पन्न कृषि उपज बजार सञ्चालनमा ल्याइएको छ । खुद्रा तथा थोक बिक्रेता र स्थानीयवासीको सुविधाका लागि निजी लगानीमा शुभम् कृषि उपज बजार सञ्चालनमा ल्याइएको हो ।
करीब रु एक करोड १० लाख लगानीमा धरान कृषि उपज बजारका पूर्वअध्यक्ष काजी गिरीले केही साथीसँगको सहकार्यमा ६ कठ्ठा जग्गा भाडामा लिएर बजार स्थापना गरेका हुन् । उक्त बजारमा कृषकले आफूले उत्पादन गरेको उत्पादन सीधै ल्याएर बेच्न सक्ने गिरीले बताए ।
तरकारी, फलफूल, खाद्यान्न, सौन्दर्य प्रसाधन, माछामासुलगायत सबै प्रकारका व्यवसायलाई बजारभित्र प्रवेश दिइने जनाइएको छ ।