काठमाडौँ महानगर प्रमुखका लागि एमालेमा शाक्य र स्थापित बीच तिब्र प्रतिस्पर्धा 

काठमाडौँ महानगर प्रमुखका लागि एमालेमा शाक्य र स्थापित बीच तिब्र प्रतिस्पर्धा 

२०७९, बैशाख २ शुक्रवार

  • 1.6K
    SHARES

  • काठमाडौँ महानगर प्रमुखका लागि एमालेमा शाक्य र स्थापित बीच तिब्र प्रतिस्पर्धा 

    काठमाडौँ । नेकपा (एमाले) काठमाडौँ महानगर कमिटीले नगर प्रमुखको उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।

    वर्तमान नगर प्रमुख विद्यासुन्दर शाक्य, पुर्व मेयर तथा प्रदेशसभा सदस्य केशव स्थापित, पूर्वमन्त्री रामवीर मानन्धर, नगर कमिटीका अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्तको नाम सिफारिस भएको हो ।

    नगर कमिटीबाट सिफारिस भएपछि सोही बमोजिम जिल्ला, प्रदेश हुँदै रायसहितको नामावली एमाले स्थायी कमिटीमा विधिवत रुपमा प्रवेश गर्ने छ । 

    उपप्रमुखको उम्मेदवारका विषयमा भने छलफल जारी रहेको कमिटीले जनाएको छ ।

    नगरका १६ वडामा अध्यक्षको उम्मेदवार सर्वसम्मत भइसकेको र अरु वडामा छलफलका क्रममा रहेको बताइएको छ । 

    देशका ६ वटा महानगरको टिकट केन्द्र आफैंले वितरण गर्ने गरि एमालेले मापदण्ड नै बनाएको छ । क्रान्तिकारी स्वभावका मतदाता रहेको काठमाडौंमा भने एमालेले 'पर्ख र हेर' को रणनीतिमा रहेको बुझिएको छ । 

    शुरुका दिनमा लडखडाएका हालका मेयर विद्यासुन्दर शाक्य पछिल्ला दिनमा मतदातालाई प्रभाव पार्ने गरि काम गरेकाले टिकट पाए निर्वाचन जितेर देखाउने प्रतिवद्धता नेतृत्वसमक्ष गरेका छन् । यद्यपि सामाजिक संजाल उनीप्रति चर्को आक्रोश देखाउने गरेको पाइन्छ । 

    त्यसैगरि २०७४ सालको निर्वाचनमा चर्चामा रहँदै शाक्यलाई जिताउने पार्टी कमाण्डर बनेर खटिएका विश्वकै नम्बर १ मेयरको पदवीबाट विभुषित केशव स्थापितको नाम पनि अत्यधिक चर्चामा रहेको छ । 

    वि.सं. २०५४ सालमा काठमाडौं महानगरपालिकाका लागि एमालेबाट उमेदवार बनेका स्थापितले 'मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं' भन्ने नारा ल्याएका थिए । उनी मेयर भएकै बखतमा पशुपति क्षेत्र, तिनकुने, माइतिघर, रत्नपार्क जस्ता सार्वजनिक रुपमा सहजै देखिने ठाउँमा निर्माण भएका अव्यवस्थित घर टहरा भत्काइएका थिए ।

    वि.सं.२०६१ सम्मको सो समयलाई स्वर्ण युग भन्ने गरेका स्थापित पुनः १ पटक काठमाडौंलाई नयाँयुगमा प्रवेश गराउन पनि आफ्नो नेतृत्व जरुरीरहेको बताउने गरेका छन् । यद्यपि पार्टीले गरेको कुनै पनि निर्णय आफुलाई स्विकार्य हुने स्थापितले बताएका छन् । 

    शाक्यलाई पार्टीका कार्यकर्ताको ठूलो आडभरोसा देखिन्छ भने स्थापित जनताका नजरमा अधिक रुचाइएका जनप्रतिनिधिमा गनिन्छन् । 

    कार्यकर्ताको मनोभावनालाई जित्दै नगरप्रमूख बन्ने दाउमा स्थापित देखिएका छन् भने आफ्नो कार्यकालका राम्रा कामलाई प्रचार गर्दै धिमा गतिमा जनताको मनजित्न शाक्य प्रयासरत छन् । 

    २०७९, बैशाख २ शुक्रवार०९:४२:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार