काठमाडौं महानगर १० वडा अध्यक्षमा एमाले युवानेता कार्की सिफारिस, को हुन् कार्की ?

काठमाडौं महानगर १० वडा अध्यक्षमा एमाले युवानेता कार्की सिफारिस, को हुन् कार्की ?

२०७९, बैशाख २ शुक्रवार

  • 5.8K
    SHARES

  • काठमाडौं महानगर १० वडा अध्यक्षमा एमाले युवानेता कार्की सिफारिस, को हुन् कार्की ?

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौं महानगरपालिका वडा नम्बर १० अध्यक्षमा युवा नेता अशोक कार्कीलाई सिफारिस गरेको छ । सोमवार बसेको वडा कमिटीको बैठकले वडा नम्बर १० अध्यक्षमा कार्कीलाई सर्वसम्मत अध्यक्ष बनाउने निर्णय गरेको हो । 

    सरल स्वभावका कारण बृद्ध र युवाहरु बीच लोकप्रिय रहेका कार्की स्थानिय स्तरका सामुदायिक समितिका साथै विभिन्न क्लव तथा संघसंस्थामा आबद्ध रहेका छन् । 

    वि.सं.२०६२/६३ को जनआन्दोलनमा पटक पटक गरेर १९ दिन जेलको अनुभव भोगेका उनी हाल नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवालय सदस्य हुन् । 

    उनी वि.सं. २०५४ सालको स्थानिय तहको निर्वाचनमा कलिलै उमेरमा सदस्यका उमेदवार बनेर झिनो मतले पराजित भएका थिए । त्यसयता पार्टीका जिम्मेवारीमा खरो उत्रिएका कार्की एमालेको स्वयंसेवकीय भूमिकामा थुप्रै पटक पुरस्कार र सम्मान प्राप्त गरेका थिए । 

    त्यसैगरि खुला सदस्यमा किशोर थापा, लक्ष्मी नारायण महर्जन, महिला सदस्यमा प्रभा मैनाली र दलित महिला सदस्यमा निर्मला परियार सिफारिस भएका नेता रामप्रसाद अमगाईँले बताए । महर्जन वि.सं. २०७४ सालको स्थानिय तहको निर्वाचनमा १११ मतान्तरले मात्र पराजित भएका थिए ।

    थापा, मैनाली र परियार सामाजिक रुपमा जनतासँग प्रत्यक्ष सम्पर्कमा पुगेका लोकप्रिय सामाजिक कार्यकर्ता रहेका स्थानियको भनाई छ । गत स्थानिय तहमा प्रतिस्पर्धी रहेका माओवादी केन्द्रका वडाध्यक्षका उमेद्वार र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ता सहित सयौं माओवादी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता भित्रयाएका कारण एमाले निर्वाचन जित्नेमा ढुक्क देखिएको छ । 

    २०७४ सालमा वडाध्यक्ष सहित पाँचै पद जितेको नेपाली कांग्रेस पुनः राम कुमार केसीको नेतृत्वमा चुनावी प्रतिस्पर्धामा उत्रने संकेत देखिएको छ । यद्यपि गठबन्धनका कारण माओवादी केन्द्रको अध्यक्षतामा चुनावमा होमीने सम्भावना पनि उत्तिकै रहेको जनाइएको छ ।  

    २०७९, बैशाख २ शुक्रवार०९:०४:०४
    प्रतिक्रिया
    सम्बन्धित समाचार