बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने

बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने

२०७९, बैशाख २० मंगलवार

  • 3.4K
    SHARES

  • बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन्।

    भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार मोदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन्। यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

    नेपालले २ जेठमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीबीच लुम्बिनीमा भेट हुने ठानिएको छ।

    प्रधानमन्त्री देउवाले एक महिनाअघि मात्र भारतको भ्रमण गरेका थिए। सन् २०१९ मा प्रधानमन्त्रीमा पुनर्निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ।

    २०७९, बैशाख २० मंगलवार०७:४३:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार