आज यी पाँच वटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आज यी पाँच वटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

२०७९, बैशाख २९ बिहिवार

  • 997
    SHARES

  • आज यी पाँच वटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौँ । पाँच वटा प्रदेशमा आज पानी पर्ने सम्भावना रहेको छ । आज दिउँसो प्रदेश-१ र मधेस प्रदेशमा सामान्य बदली रहनेछ । अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    आज राति प्रदेश-१ र मधेस प्रदेशमा सामान्य बदली रहनेछ । अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

    प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    २०७९, बैशाख २९ बिहिवार०७:१९:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार