कोरोना अपडेट : थप ४२१ जनामा संक्रमण

कोरोना अपडेट : थप ४२१ जनामा संक्रमण

२०७७, पौष १९ आइतवार

  • 1.5K
    SHARES

  • कोरोना अपडेट : थप ४२१ जनामा संक्रमण

    पौष १९, काठमाडौँ ।

    पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा ५ हजार ८०० नमुना परीक्षण गर्दा १७५ महिला र २४६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । उनीहरुमध्ये २ लाख ५४ हजार ४९४ संक्रमणमुक्त भएका छन् भने १ हजार ८७८ जनाको मृत्यु भएको छ ।

    हाल ५ हजार ४८७ संक्रिय संक्रमित छन् ।

    उनीहरुमध्ये १ हजार ९६६ जना होम आइसोलेसनमा छन् भने १९९ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

     

    २०७७, पौष १९ आइतवार०४:५३:०८
    प्रतिक्रिया
    सम्बन्धित समाचार